ललितपुर मेयर्स कप महिला क्रिकेट च्याम्पियनसिपमा आयोजक टोलीले मधेस प्रदेशसामु ९७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९६ रनको योगफल तयार पारेको हो।
ओपनर हेलिसा गुरुङ ३ र कञ्चन श्रेष्ठ ५ रनमा बोल्ड आउट भए।
लक्ष्मी चौधरी २३ रनमा क्याच आउट भइन्। लक्ष्मीले २७ बलमा ४ चौका हानिन्। सोनी पाख्रिन ३४ रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। ४३ बलको सामना गरेकी सोनीले ३ चौका हानिन्। सृष्टि जैसी १५ रनमा बोल्ड आउट भइन्।
कप्तान अस्मिना कर्माचार्य ६ र सरस्वती पुन १ रनमा नटआउट रहे।
मधेस प्रदेशका सरस्वती कुमारीले २ विकेट लिईन्। रोजी कडारी, कविता गौतम र अनुराधा चौधरीले एक–एक विकेट आफ्नो नाममा गरे।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ खेल्नेछन्। खेल दिउँसो सवा १ बजे सुरु हुनेछ।
प्रतिक्रिया