ad ad

खेल


प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेलमा तीन नेपाली खेलाडी परिवर्तन

प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेलमा तीन नेपाली खेलाडी परिवर्तन

नेपालखबर
चैत १७, २०७९ शुक्रबार १६:५१, काठमाडौँ

प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेलमा नेपाली टोलीमा तीन खेलाडी परिवर्तन भएको छ। 

लाओससँगको फाइनल खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले तिन खेलाडी परिवर्तन गरेका हुन्। 
दशरथ रंगशालामा हुने खेल साढे ५ बजे सुरु हुनेछ। 

आजको खेलमा दिपक राजसिंह ठकुरीले सुरुवाती ११ मा नै स्थान बनाएका छन्। दुई खेलमा १ गोल गरेका दिपकले दोस्रो खेलमा गोल गर्दै भुटानसँगको हार टारेका थिए।

त्यस्तै, आजको खेलमा मनिष डाँगी र मणि कुमार लामाले सुरवाती ११ मा स्थान बनाएका छन्। 

नेपालले पहिलो खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा भुटानसँग एक एक गोलको बराबरी खेलेको थियो। 

आजको खेलमा पुजन उपरकोटी मैदान बाहिर छन्। पुजन दोहोरो पँहेलो कार्डका कारण खेल्न नपाउने भएका हुन्। 

नेपालको सुरुवाती ११ 
किरण कुमार लिम्बु, विकास खवास, अनन्त तामाङ, दिपक राजसिंह ठकुरी, नविन लामा, एरिक विष्ट, आयुष घलान, सनिस श्रेष्ठ, मनिष डाँगी, मणि कुमार लामा, रोहित चन्द ठकुरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .