खेल


बेन्फिकाविरुद्ध रोमाञ्चक जित निकाल्दै इन्टर मिलान सेमिफाइनलमा

बेन्फिकाविरुद्ध रोमाञ्चक जित निकाल्दै इन्टर मिलान सेमिफाइनलमा

नेपालखबर
बैशाख ७, २०८० बिहिबार ७:२४, काठमाडौँ

बेन्फिकामाथि रोमाञ्चक जित निकाल्दै इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको सेमिफाइलनमा प्रवेश गरेको छ। 

इन्टर मिलानले अब फाइनल प्रवेशका लागि एसी मिलानसँग खेल्नेछ। 

गएराति भएको खेलमा इन्टर मिलानले पुरानो प्रतिद्वन्द्वी बेन्फिकालाई ३–३ को बराबरीमा रोक्दै समग्रमा ५–३ को नतिजा निकाल्दै अन्तिम ४ मा स्थान पक्का गरेको हो। इन्टर मिलान र बेन्फिका सन् २००५ पछि पहिलो पटक च्याम्पियन्स लिगमा भेट भएका थिए।

खेलको १४ औँ मिनेटमा बरेल्लाको गोलमा इन्टरले सुरवाती अग्रता बनाएको थियो। तर ३८ औँ मिनेटमा अरस्नेसको गोलमा बेन्फिका बराबरीमा आयो। 

पहिलो हाफमा १–१ को बराबरी गरेको बेन्फिाकाले दोस्रो हाफमा २ गोल थपे पनि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन। 

खेलको ६५ औं मिनेटमा ला मार्टिनेजले गोल गर्दै मिलानलाई पुन अग्रता दिलाए। तर ८६ औं मिनेटा एन्टोनियो सिल्भाले गोल गर्दै पुनः बेन्फिकालाई बराबरीमा ल्याए। 

७८ औँ मिनेटमा करियाले गोल गर्दै इन्टरलाई ३–२ को अवस्थामा ल्याए। खेलको इन्जयुरी समयमा मुसाले  गोल गर्दै बेन्फिका ३–३ को रोमाञ्चक बराबरीमा ल्याए। 

तर पहिलो लेगमा २–० ले पछि परेका बेन्फिकाको लागि दोस्रोको बराबरी पर्याप्त भएन। सेमिफाइनलको पहिलो लेग ९ मे मा एसी मिलानको घरेलु मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .