खेल


एसीसी प्रिमियर कप : कप्तान रोहित पौडेल पनि आउट

एसीसी प्रिमियर कप : कप्तान रोहित पौडेल पनि आउट

तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १०:३४, काठमाडौँ

एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा कप्तान रोहित पौडेल पनि आउट भएका छन्।

रोहित २३ बलमा २ चौका हान्दै क्याच आउट भए। 

कीर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको छ। 

तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले ५५ रनको साझेदारी गरे। ओमानका फयाजले रोहितलाई क्याच आउट गराउँदै नेपालको बलियो साझेदारी तोडेका थिए। 

नेपालले ३.४ ओभरमा एक रन पनि जोड्न नसक्दा दुवै ओपनर गुमाएको थियो। 

ओमानका लागि विलाल खान, करिमुल्लाह, फयाज बटले एक एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .