खेल


पञ्जाबलाई १५ रनले पराजितत गर्दै दिल्ली विजयी

पञ्जाबलाई १५ रनले पराजितत गर्दै दिल्ली विजयी

नेपालखबर
जेठ ४, २०८० बिहिबार ६:२४, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्सलाई १५ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पञ्जाबलाई २१४ रनको लक्ष्य दिएको थियो। अन्तिम समयसम्म खलेको पञ्जाबले ८ विकेटको क्षतिमा १९८ रन मात्रै जोड्न सक्यो।

पञ्जाबका लागि लियाम लिभिङस्टोनले ९४ रन बनाए। दिल्लीका लागि एनरिक नोकियाले २ विकेट लिएका थिए।

हारपछि पञ्जाब किंग्सका लागि प्लेअफको ढोका लगभग बन्द भएको छ । पञ्जाबको खातामा १२ अंक छ र अब उसले थप एक खेल खेल्नुपर्नेछ। यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको दिल्ली १० अंकसहित नवौं स्थानमा पुगेको छ ।

पञ्जाबलेलाई अन्तिम ५ ओभरमा ८६ रनको खाँचो थियो। अथर्व तायडे ५५ रन बनाएर आउट भए। उनको स्थानमा आएका जितेश शर्माले ब्याटिङबाट केही गर्न सकेनन्। जितेशले तीन बल खेले र खाता नखोल्दै आउट भए । चौथो विकेट खस्दा पञ्जाबको स्कोर १२९ रन थियो । जितका लागि २६ बलमा ८५ रन आवश्यक थियो । क्रिजमा आउनेबित्तिकै शाहरुख खानले छक्का प्रहार गरे ।

पञ्जाबले अन्तिम चार ओभरमा ७९ रन बनाउनु परेको थियो। लियाम लिभिङस्टोनले १७ औँ ओभरको पहिलो बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले ५० रन बनाउन ३० बल खेले। खलील अहमदको नो बल थियो। लिभिङस्टोनले अर्को बलमा छक्का प्रहार गरे।

दिल्लीका तर्फबाट पृथ्वी शा र कप्तान डेविड वार्नरले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे। वार्नरले ३१ बलमा ४६ रन बनाए भने शाले ३८ बलमा ५४ रन जोडे। त्यसपछि रिली रोसो तथा फिल साल्टका बीच ६५ रनको साझेदारी भयो । साल्टले १४ बलमा २६ रन बनाए भने रोसोले ३७ बलमा ८२ रन बनाए ।

आईपीएल २०२३ मा आज राति ७ः४५ बजे सनराइजर्स हैदराबाद तथा रोयल च्यालेञ्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .