आईतवार भएको फाईनल खेलमा एपीएफले न्युडायमण्डलाई ३–० ले पराजित गर्दा सरस्वतीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले नगद २१ हजार १ सय १ रुपैया प्राप्त गरिन्।
विधातर्फ बेष्ट स्पाइकरको उपाधि न्युडायमण्डकी प्रतिभा मालीले जितिन,बेष्ट सेटर न्युडायमण्डकी अरुणा शाहि चुनिदा डायमण्डकै सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारिन्। पुलिसकी कोपीला रानाले बेष्ट क्विईकरको उपाधि जितिन् । सरस्वती चौधरीले बेष्ट सर्भरको उपाधि पनि जितिन् । एपीएफकी हिरा केसी बेष्ट ब्लकर चुनिदा एपीएफकै महेशबहादुर चौधरी बेष्ट कोच भए । बिधागततर्फ उत्कृष्ट भएका सबैले जनही ७ हजार १ सय १ रुपैयाँ हात पारे ।
एपिएफले न्यु डायमण्डमाथी २५–२०,२५–२३,२५–१८ को सहज जित निकाल्यो। गोंगबु नयाँ बसपार्क स्थित ढोरपाटन क्लबको कार्टमा सम्पन्न फाईनल खेलमा एपीएफकी सरस्वती चौधरी र न्यु डायमण्डकी प्रतिभा मालीले समान २६-२६ अंकको योगदान दिएका थिए।
जित पछि एपीएफका कोच महेशबहादुर चौधरीले भने, 'हामी न्यु डायमण्डसँग ब्लकले जितने हो, पहिलो र दोश्रो सेटमा हाम्रो रणनीति त्यति सफल हुन सकेन। डिफेन्स र रिसिभमा पनि समस्य भयो। तेश्रो सेटमा राम्रो ब्लक गर्न सक्यौं।'
न्युडायमण्डका कुमार राईले डिफेन्स र ब्लकका कारण हार भएको बताए। उनले भने, 'हामीले बिपक्षको प्लेसिङ बलमा निकै अंक गुमायौं। तीनै सेटमा अग्रता लिए पनि सफलता हात पार्न सकिएन, पटक पटक प्लेसिङ बल उठाउन नसक्नु पराजयको मुख्य करण बन्यो।'
होङ्गान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजकमा संचालन भएको प्रतियोगिताको उपाधि विजेता एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गर्दा उपबिजेता आयोजक न्युडायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ गर्यो । तेस्रो हुन पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया हात पार्दा चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गरेको छ।

प्रतिक्रिया