ad ad

खेल


चेन्नईले पाँचौ पटक उचाल्यो आईपीएलको उपाधि

चेन्नईले पाँचौ पटक उचाल्यो आईपीएलको उपाधि

नेपालखबर
जेठ १६, २०८० मंगलबार १२:१, काठमाडौँ

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि पाँचौँ पटक उचालेको छ। 

गएराति नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नइले पाँचौँ पटक उपाधि उचालेको हो। 

गुजरातले दिएको १ सय ७१ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

चेन्नईको जितमा नायक बनेका रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा नटआउट रहे। 

पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रनको योगफल तयार पारेको थियो।

चेन्नईले  यसअघि पाँच पटक आईपीएल उपाधि जित्ने टिम एक मात्र टिम मुम्बईसँगको कीर्तिमानी बराबरी गरेको छ। 

चेन्नईले यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि हात पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .