ad ad

खेल


१९ औं एसियाडका लागि करातेका ८ खेलाडी छनोट

१९ औं एसियाडका लागि करातेका ८ खेलाडी छनोट

नेपालखबर
जेठ १७, २०८० बुधबार १५:४४, काठमाडौँ

चीनको हान्झाउमा हुने १९ औं एशियाली खेलकुद (एसियाड) का लागि करातेका ८ खेलाडी छनोट भएका छन्। एसियाडमा कुमुतेका ६ र एकल काताका २ खेलाडी छनोट भएका हुन्। छनोट हुनेमा ३ महिला र ५ पुरुष खेलाडी छन्।

नेपाल कराते महासंघको आयोजनामा जुई दिन चलेको छनोटको आज बुधबार सम्पन्न ५ खेलाडीले स्थान बनाए। पहिलो दिन मंगलबार ३ खेलाडी छनोट भएका थिए। आज एरिका गुरुङ, सविना श्रेष्ठ, मोहमद शेखा आलम र विप्लवलाल श्रेष्ठ छनोट भए।

एरिका ६८ केजी माथि र सविना ६१ केजी मुनिको तौल समूहमा छनोट भएका हुन्। मोहम्मद शेख ७५ केजी तथा विप्लव ८४ केजी माथिको तौल समूहमा छनोट भए। विप्लव चार वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडी हुन्।

पहिलो दिन काता महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर एसियाडका लागि छनोट भएका थिए। यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरुबीच लिगका आधारमा भएको प्रतिस्पर्धामा एलिसा र स्वोनिम विजयी भएका थिए। कुमुते ६० देखि ६७ केजीमा सन्तोष श्रेष्ठ एयिाडका लागि छनोट भएका थिए।

कातामा ६ र कुमुतेमा ३१ गरि ३७ खेलाडीले छनोटमा भाग लिएका थिए। खुलाबाट छनोट हुने र एसियाडका लागि छनोट नभएका खेलाडीबीचको अर्को प्रतिस्पर्धाबाट हरेक तौल समूहमा छनोट प्रतिस्पर्धा हुनेछ। ती छनोट भएका खेलाडी राष्टिय टोली बी टोलीमा रहनेछन्।
एशियाड असोज ६ देखि २१ गते सम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .