ad ad

खेल


११ औं एनएसए कप पौडी प्रतियोगिताको तयारी पूरा

११ औं एनएसए कप पौडी प्रतियोगिताको तयारी पूरा

नेपालखबर
जेठ १८, २०८० बिहिबार १७:२२, काठमाडौँ

आइतबार हुने ११औं एनएसए कप पौडी प्रतियोगिताको तयारी पूरा भएको छ। नेपाल पौडी संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आइतबार र सोमबार हुने जानकारी दिएको हो। 

प्रतियोगिता ललितपुरको  सातदोवाटोस्थित अन्तराष्ट्रिय पौडी परिसरको ५० मिटर पुलमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १ सय ७० पुरुष ९० जना महिला गरी २६० प्रतिस्पर्धीले स्पर्धा गर्ने संघका अध्यक्ष अशोक ब्रजाचार्यले जानकारी दिए। 

यो प्रतियोगिताबाट चीनको होन्जाउमा हुने  १९ औं एशियाली खेलकुद  अन्तर्गत पौडी प्रतियोगिताका लागि  २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनौट साथै पेरिश ओलम्पिक अन्तर्गत जापानको फुकुहवा शहरमा हुने छनौट राउण्डको रुपमा वल्ड एक्वाईटिक चेम्पियनसिपको लागी २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनोट गरिने छ। 

प्रतियोगिताको उत्कृष्ट एक महिला र पूरुषकालाई जनही १० हजार रुपैयाँ प्रदान गरिने छ। सबै उमेर समूहका खेलाडीहलाई जनही ३ हजारले पनि सम्मान गर्ने संघले जनाएको छ। 

प्रतियोगिता सम्पन्न गर्न  करिव ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .