म्यानमारमा जारी एएफसी महिला यू२० एसिया कप छनोटमा लगातार दोस्रो हार व्यहोरेको नेपाली टोलीको एशियन कप खेल्ने सम्भावना सकिएको छ।
बिहीबार भएको खेलमा नेपाली टोली चीनसँग ५–० को फराकिलो अन्तरले पराजित भयो।
खेलको १६ औं मिनेटमा युयाङ युहानको गोलमा चिनले सुरुवाती अग्रता बनाएको थियो। २६ औं मिनेटमा थिइनेभन होउ युछिनले अग्रता दोब्बर पारिन्। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा यिन लिहोङले र पाँचौ मिनेटमा लु ज्यायुलले गोल गरे।
८९ औं मिनेटमा यु जिकीको गोलमा चीनले नेपाली टोलीलाई ५–० को फराकिलो अन्तरले हाराएको हो।
नेपालले पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ५–० को अन्तरले नै पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार चाइनिज ताइपेइसँग खेल्नेछ।
जेठ २५, २०८०, बिहीबार
57
Shares
प्रतिक्रिया