खेल


एनभीए भलिबल : त्रिभुवन आर्मीविरुद्ध न्यू डायमण्ड स्पोर्ट्सको रोमाञ्चक जित

एनभीए भलिबल : त्रिभुवन आर्मीविरुद्ध न्यू डायमण्ड स्पोर्ट्सको रोमाञ्चक जित

तस्बिर : सरोज नेपाल


सरोज नेपाल
असार २६, २०८० मंगलबार १९:११, काठमाडौँ

उपाधि दाबेदार न्यू डायमण्ड स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमान्चक जित हात पारेको छ।

न्यू डायमण्डले आर्मीलाई ३-२ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा न्यू डायमण्डले २५-१५, २५-२१, १९-२५, २२-२५ र १५-९ को सेटमा जित निकालेको हो।

न्यू डायमण्डले सुरुवाती दुई सेट सहजै जितेको थियो। तेस्रो सेटमा पनि न्यू डायमण्डले अग्रता लिँदै सहजै जित निकाल्ने सम्भावना देखाएको थियो।

तर १५-१३ को अवस्थामा दुई अंकले अग्रता लिँदा प्रतिभा मालीलाई विश्राम दिएको थियो।

प्रमुख स्पाइकर मालीलाई विश्राम दिने निर्णय न्यू डायमण्डलाई भारी परेको थियो।

माली नहुँदा त्यसको फाइदा उठाउँदै आर्मीले लगातार पाँच अंक बटुल्दै अग्रता लिएको थियो। १६-१६ को बराबरीबाट पुन आर्मीले अग्रता लिँदै जितको आधार तय गर्यो।

चौथो सेट निकै प्रतिस्पर्धात्मक भएको थियो। तर एक समय १३-१३ को बराबरीमा थियो।

आर्मी १५-१४ को अवस्थाबाट लगातार चार अंक जोडेपछि जितको सम्भावना बलियो बनाएको थियो। न्यू डायमण्ड १९-२० को अवस्थामा थियो। तर त्यसपछि पुन अंक गुमाउँदै हार्न पुग्यो।

निर्णायक सेटमा भने न्यू डायमण्डले लगातार ७ अंक जोड्दै जितको आधार तय गरेको थियो। एक समय १२-३ को सहज अवस्थामा थियो।

त्यसपछि आर्मीले खेलमा पुनरागमन गरे पनि जितको लागि धेरै ढिला भएको थियो। आर्मीको यो लगातार तेस्रो हार हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .