कोस्टारिकालाई हराउँदै फिफा महिला विश्वकपमा जापानले एक खेलअघि नै अन्तिम १६ मा स्थान बनाएको छ।
न्युजिल्याण्डको डुनेडिन स्टेडियममा बुधबार भएको खेलमा जापानले कोस्टारिकालाई २–० ले पराजित गरेको हो।
खेलको पहिलो हाफमा नै २–० ले अग्रता बनाएको जापानले विश्वकपमा लागातार दोस्रो जित दर्ता गरेको हो।
खेलको २५ औँ मिनेटमा हिकारु नाओमोटोले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाइन्।
त्यसको २ मिनेटपछि नै आओबा फुजिनोले गोल गर्दै जापानको अग्रता दोब्बर पारिन्।
लगातार दोस्रो जितसँगै समूह सी को शीर्ष स्थानमा रहेको जापानले ६ अंक बनाएको छ।
कोस्टारिकाले भने विश्वकपमा लगातार दोस्रो हार व्यहोरेको हो।
यो समूहको एक खेलमा जित निकालेको स्पेन दोस्रो, अंकविहीन कोस्टारिका तेस्रो र जाम्बिया पुछारमा छन्।
60
Shares
प्रतिक्रिया