खेल


साम्बा सम्मिलित इजरायली क्लब हापोयल रानानाले हापोयल कटामोनसँग खेल्दै

साम्बा सम्मिलित इजरायली क्लब हापोयल रानानाले हापोयल कटामोनसँग खेल्दै

नेपालखबर
भदौ ४, २०८० सोमबार १७:२३, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलित इजरायली क्लब हापोयल रानानाले सोमबार राति हापोयल कटामोनको सामना गर्दैछ। 

अथेना कपको तेस्रो चरणमा हापोयलले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो। खेल हापोयलको घरेलु मैदानमा हुने राति ११ बजेपछि सुरु हुनेछ। 

इजरायली क्लबको डेब्यु खेलमा नै साम्बाले गोल गरेकी थिईन्। अथेना कपको दोस्रो चरणमा हापोयलले हादेरा एफसीलाई २–० ले पराजित गरेको थियो।

हापोयलको जितमा साम्बाले एक गोल गर्दा अर्को गोलमा असिस्ट प्रदान गरेकी थिइन्। 

अथेना कपमा शिर्ष डिभिजनको लिग खेल्ने आठ टोली सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .