खेल


सात गोल भएको खेलमा बार्सिलोनाको जित

सात गोल भएको खेलमा बार्सिलोनाको जित

नेपालखबर
भदौ ११, २०८० सोमबार ११:८, काठमाडौँ

स्पेनिस ला लिगा फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना विजयी भएको छ।

भिल्ला रियालविरुद्धको खेलमा बार्सिलोनाले ४-३ गोलको जित दर्ता गराएको हो। 

रोमाञ्चक खेल बार्सिलोनाले जित्दा रोबर्ट लेवान्डोस्कीले निर्णायक बने। तर यो खेलमाा बार्सिलोना सुरुमै २ गोलले अग्रता बनाउन सफल भएको थियो। 

बार्सिलोनाको २ गोलको अग्रता तोड्दै भिल्ला रियलले अप्रत्यासित अग्रता बनाएको थियो। खेलको ५० औँ मिनेटमा भिल्ला रियालले खेललाई ३-२ मा पुर्‍याएको थियो।  

भिल्ला रियाललाई अग्रता दिलाउने क्रममा अलेक्जेन्डर सोरलोथ, जुआन फोयथ र एलेक्स बेनले गोल गर्न सफल भए।

त्यसअघि बार्सिलोनाका लागि भाभी र फ्र्याङ डि जोङले १-१ गोल गर्दै अग्रता दिलाएका थिए।  

तर खेलको दोस्रो हाफको सुरुवातमा ३-२ ले पछि परेको बार्सालाई ६८  औँ र ७१ औँ मिनेटमा टोरेस र लेवान्डोस्कीले गोल गरेर जिताए। 

यससँगै बार्सिलो यो सिजनको सुरुवाती ३ खेलबाट ७ अंक बनाउन सफल भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .