खेल


भारत र पाकिस्तानसँग खेल्नु खुसीको पर्व, नेपालीको मन जित्छौँ : सन्दीप

भारत र पाकिस्तानसँग खेल्नु खुसीको पर्व, नेपालीको मन जित्छौँ : सन्दीप

क्रिकेटर सन्दीप लामिछाने। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ ११, २०८० सोमबार ११:५९, काठमाडौँ

नेपाली टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध राम्रो खेलेर मन जित्ने बताएका छन्।

सोमबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। 

लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए। 

उनले एशिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिवद्धता जनाए। पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको पर्व भएको पनि सन्दीपले बताए। 

‘टिमले अहिले राम्रो पर्फमेन्स गरिरहेको छ। पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो। म फिट छु, खेल्नका लागि रेडी छु’, उनले भने, ‘एशिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ। यो हाम्रो लागि खुशीको पर्व जस्तै हो। किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ। अब निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ।’

क्रिकेटर लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भरतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताए। नेपालले एशिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिष्पर्धा गर्दैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad