खेल


दीपेन्द्रसिंह ऐरीको विशेष बढुवा, बने सहायक हवल्दार

दीपेन्द्रसिंह ऐरीको विशेष बढुवा, बने सहायक हवल्दार

नेपालखबर
असोज १८, २०८० बिहिबार १७:९, काठमाडौँ

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाल प्रहरीले विशेष बढुवा गरेको छ। 

१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले बिहीबार एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो।

उनी नेपाल पुलिस क्लबका कप्तान समेत हुन्। चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान बनाएका थिए।

निकै संघर्ष गरेर सुदूरपश्चिमबाट क्रिकेटमा उदाएका दीपेन्द्रले दुर्लभ किर्तिमान बनाएपछि चर्चामा छन्।

२३ वर्षीय दायाँ हाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१७ को मार्च ११ मा केन्याविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

सन् २०१८ मा नेदरल्याण्डस्विरुद्धको खेलबाट उनले नेपाली टोलीबाट ओडीआईमा डेब्यू गरेका हुन्।

अहिलेसम्म नेपालका तर्फबाट ५२ ओडीआई म्याच खेलेका ऐरीले ८८९ रन बनाएका छन्। यस्तै खेलको ४५ टी–२० प्रतियोगितामा नेपालका लागि एक हजार १५५ रनको योगदान गरेका छन्। 

उनले अहिलेसम्म खेलका अन्तर्राष्ट्रिय खेलमा ओडिआईमा ३६ र टी–२० मा  २२ विकेट लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .