खेल


अबका क्रिकेट प्रतियोगिता नखेल्ने सन्दीप लामिछानेको घोषणा

अबका क्रिकेट प्रतियोगिता नखेल्ने सन्दीप लामिछानेको घोषणा

नेपालखबर
असोज २६, २०८० शुक्रबार ६:१७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन्। 

नाबालिक बलात्कार आरोप लागेका सन्दीपले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन्।

गएराति सामाजिक सञ्जालमार्फत् उनले यस्तो घोषणा गरेका हुन्। ‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरूबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ लामिछानेले लेखेका छन्, ‘म यतिबेला मेरो जीवनकै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिहरेको छु।’

उनले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन यस्तो निर्णय गरेको बताएका छन्। 

‘अहिलेसम्म पाएका सबै आशिर्वाद र शुभकामनाहरूका लागि  कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद,’ उनले लेखेका छन्।

लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। मुद्दाको पेसी बिहीबारकाे लागि ताेकिए पनि सुनुवाइ हुन सकेन। 

गत वर्षको भदौमा एक किशोरीले आफुमाथि जबरजस्ती करणी भएको भन्दै गौशाला प्रहरी वृत्तमा सन्दीपविरुद्ध जाहेरी दिएकी छन्। नाबालिक बालात्कार मुद्धाको आरोप लागेपछि सन्दीपको खेल जिवन उतारचढावपूर्ण बनेको छ। 

नेपालले कार्तिक १ गतेदेखि घरेलु मैदानमा युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी २० सिरिज खेल्दैछ। 

आगामी टी २० विश्वकपको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। सिरिज लगत्तै नेपालले घरेलु मैदानमा नै आइसिसी विश्वकप टी २० छनोट खेल्नेछ। 

यी सिजिलाईका लागि सन्दीपलाई समेट्दै अन्तिम टोलीको घोषणा भैसकेको छ। 

यसअघि पनि मानसिक अवस्थाका कारण १९ औं एसियाली खेलकुद नखेल्ने बताएका सन्दीपले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले भेट गरेपछि उनी हाङजाओ प्रस्थान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad