ad ad

खेल


अफिज ओलावोलेको निर्णायक गोलमा धनगढीको दोस्रो जित

अफिज ओलावोलेको निर्णायक गोलमा धनगढीको दोस्रो जित

फोटो : सरोज नेपाल


नेपालखबर
मंसिर १४, २०८० बिहिबार १९:४५, काठमाडौँ

अफिज ओलावोलेको निर्णायक गोलमा धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा लगातार दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालालमा बिहिबार भएको खेलमा एफसी बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै धनगढीले लगातार दोस्रो जित निकालेको हो।

लगातार दोस्रो जितसँगै धनगढी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। धनगढीले २ खेलबाट ६ अंक जोडेको छ। लगातार दोस्रो हार व्यहोरेको लुम्बिनी भने अंकविहिन रुपमा तालिकाको पुछारमा छ।

खेलको इन्ज्युरी समयमा अहमद हिजाजरीको पासलाई अफिज ओलावोलेले उत्कृष्ट फिनिसिङ दिए। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ओलावालेले किपर बिट भएको मौकामा बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्।

त्यसअघि खेलको ७४ औं मिनेटमा अफिज ओलावालेको प्रहार पोष्टको नजिकबाट बाहिरिदा धनगढीले अग्रत बनाउने अवसर गुमायो। ५५ औं मिनेटमा रोहन कार्कीको प्रहार पोष्टको माथिबाट आकाशियो। ४६ औं मिनेटमा लुम्बिनीका जिलेस्पी जगं कार्कीको प्रहार पोष्टको नजिकबाट बाहिरियो। ५२ औं मिनेटमा जिलेस्पीको प्रहार धनगढीका गोलरक्षक मोहम्मद ताहाले पन्च गर्दै जोगाए।

पहिलो हाफको २० औं मिनेटमा कप्तान एरिक विष्टको फ्रिकीक धनगढीका गोलरक्षकले पन्च गर्दै बचाए। २५ औं मिनेटमा अहमद ह्वाजीको पासमा आशिष चौधरीले पोष्ट नजिकबाट दिएको दिएको क्रसमा अहमदको प्रहार पहिलो बारमा लाग्दै बाहिरिँदा धनगढीले अग्रता बनाउने सुन्दर मौका गुमायो।

२९ औं मिनेटमा सर्ज सगंको क्रसमा पजलेस्पी जंग कार्कीको प्रहार पोष्टको माथिबाट बाहिरियो।

३६ औं मिनेटमा बुटवलका एरिक विष्टको कर्नरमा जिलेस्कीको प्रहार धनगढीका अविशेक गुरुङले हेडर प्रहार गर्दै क्लीयर गरिदिए। त्यसलगत्तै स्टेफन समिरको पासमा अविशेकको प्रहार बुटवलका गोलरक्षकले बचाए।

लिगमा भोलि शुक्रबार विरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्नेछन्। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .