ad ad

खेल


एनएसएल : गोलरहित बराबरीमा रोकिए काठमाडौँ र झापा

एनएसएल : गोलरहित बराबरीमा रोकिए काठमाडौँ र झापा

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर १८, २०८० सोमबार १९:७, काठमाडौँ

साविक विजेता काठमाडौँ रेजर्स नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा काठमाडौँले झापासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

बराबरीसँगै झापाले अंक तालिकामा २ अंक बनाएको छ। लिगमा एक खेलमा हार र दुई खेलमा बराबरी गरेको झापा दुई अंकमा तालिकाको आठौं स्थानमा यथावत छ। 

बराबरी गरेको काठमाडौले ३ खेलबाट चार अंक जोडेको छ। अन्तिममा आक्रमक खेल देखाएपनि काठमाडौले गोल निकाल्न भने सकेन। 

खेलको १६औँ मिनेटमा झापाका समिराज थोकरको क्रस काठमाडौंका डिफेन्डरले उत्कृष्ट बचाउ गरे। २५औँ मिनेटमा सोखरुखको कर्नरमा एङकुग जुनियरको हेडर पोष्टको नजिकबाट बाहिरियो।

 

२८औँ मिनेटमा जर्ज सेन्चेजको प्रहार काठमाडौंका गोलरक्ष्क अविशेक बरालले पन्च गर्दै जोगाए। ३१औँ मिनेटमा सोखरुख एमको फ्रिकीक पोष्टको माथिबाट आकाशियो। 

६४औँ मिनेटमा समन्दर ओचिलोभको प्रहार काठमाडौँका अञ्जन राईलाई लाग्दै पोष्टका गति लिदा गोलरक्षक कुलदिपले पन्च गदै जोगाए।

६६औँ मिनेटमा सोखुरुख एम को फितलो प्रहार गोलरक्षक स्टेफल कुपिकले सहजै जोगाए। ८०औँ मिनेटमा झापाका जर्ज सान्चेजको प्रहार पोष्टबाट बाहिरियो। 

८०औँ मिनेटमा तोजिडिनोभ कोमिओनको फ्रिकीक प्रहार क्रसबारको नजिकबाट बाहिरिदा पुलिसले अग्रता लिने मौका गुमायो। 

८६औँ मिनेटमा झापाले जुनियरले गोल गर्ने सुन्दर मौका गुमाए। जुनियरको प्रहार झापाका गोलरक्षक स्टेफनले बचाए। 

लिगमा मंगलबार ललितपुर सिटी एफसी र विरग१ज युनाइटेड भिड्नेछन्। सो खल साँझ ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .