ad ad

खेल


एनएसएल : झापा र वीरगञ्जको खेल बराबरी, बाँडियो अंक

एनएसएल : झापा र वीरगञ्जको खेल बराबरी, बाँडियो अंक

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १८:५८, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत झापा एफसी वीरगञ्ज युनाइटेडले बराबरी गर्दै अंक बाँडेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार भएको खेलमा झापा र विरगञ्जले गोलरहित बराबरी गर्दै अंक बाँडे। 

खेलको ७४औँ मिनेटमा झापा १० खेलाडीमा समेटिएको थियो। झापाका योगेश गुरुङले विरगञ्जका मिडफिल्डर विलियम ओपुकुलाई हातले तानेर लगाएपछि सिधै रातो कार्ड खादै मैदान छाडे। 

८९औँ मिनेटमा तेज तामाङको फ्रिकीक क्रसबारमा लाग्दै बाहिरिदा विरगञ्जले अग्रता बनाउने मौका गुमायो। ५१औँ मिनेटमा विरगञ्जका विलियम ओपुकुको क्रसमा ओवेड ओसुको प्रहार पोष्टको माथिबाट आकाशियो। 

खेलको ४७औँ मिनेटमाविरगञ्जका सुदिप गुरुङको प्रहार सेकेण्ड बारमा लाग्दै बाहिरिएपछि त्यसकै रिवाउण्डमा गोललाईन नजिकबाट विलियम ओपुकुको प्रहार गोलरक्षक स्टेफन कुपिकले उत्कृष्ट बचाउ गरे। 

पहिलो हाफको १२औँ मिनेटमा समान्दार ओचिलोभको प्रहार सेकेण्डबारमा लाग्दै बाहिरिदा झापाले अग्रता बनाउने मौका गुमायो। 

२५औँ मिनेटमा झापाका जर्ज सान्चेजको प्रहार सिधै विरगञ्जका गोलरक्षक दिप कार्कीको हातमा पुग्यो। 

३२औँ  मिनेटमा लक्ष्मण रुचालको शसक्त प्रहार विरगञ्जका गोलरक्षक दिपले पन्च गर्दै जोगाए। 

४३औँ मिनेटमा जर्ज सान्चेजको प्रहार विरगञ्जका गोलरक्षक दिपले पन्च गर्दै बचाए। 

लिगमा शनिबार दुई खेल हुनेछ। भोलिको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलाम एफसी भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। 

दोस्रो खेलमा एफसी बुटवल लुम्बिनी र काठमाडौँ रेर्जस भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .