खेल


कोशीले एपीएफलाई दियो १३६ रनको लक्ष्य

कोशीले एपीएफलाई दियो १३६ रनको लक्ष्य

नेपालखबर
माघ १, २०८० सोमबार १२:५९, काठमाडौँ

फिर्दोस अन्सारीको अर्धशतकमा कोशी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबसामु १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोशी प्रदेश ४४.३ ओभरमा १ सय ३५ रन बनाउँदा अलआउट भयो। 

कोशीका फिर्दोस अन्सारीले ५५ रनको योगदान दिए। ८५ बलको सामना गरेका अन्सारीले ८ चौका मद्धतमा ५५ रन बनाउँदा क्याच आउट हुन पुगे। 

सोनु अन्सारीले २० रन थपे। कप्तान अंकित सुवेदीले १३ तथा सोनु मन्डलले ११ र आशिष भट्टराईले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। 

एपीएफका लागि कप्तान रोहित पौडेल एक्लैले ३ विकेट लिए। पौडेलले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चे। 

अमर राउटेलाले २ विकेट लिए। उनले ८ ओभरमा १ मेडन राख्दै २२ रन दिए। भुवन कार्की र मौसम ढकालले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .