खेल


आर्मीलाई हराउँदै पुलिस क्लब केपी ओली कपको क्वार्टरफाइनलमा

आर्मीलाई हराउँदै पुलिस क्लब केपी ओली कपको क्वार्टरफाइनलमा

नेपालखबर
फागुन १३, २०८० आइतबार १८:१३, काठमाडौँ

त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लब केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबारको दोस्रो खेलमा टाइब्रेकरमा आर्मीलाई ४–३ गोल अन्तरले हराउँदै पुलिस क्लबले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। 

पुलिस क्लबले अब सेमिफाइनल प्रवेशका लागि साविक विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्ने छ। 

खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। जसमा पुलिस क्लबले बाजी मार्‍यो

गोलरक्षक अमिट टामाटाले आर्मीका फरवार्ड नवयुग श्रेष्ठको पेनाल्टी प्रहार विफल पारेपछि पुलिस क्लब अन्तिम आठमा पुगेको हो। 

आजै भएको पहिलो खेलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै न्यू रोड टिम (एनआरटी) प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  

राष्ट्रिय युवा संघको आयोजनमा भएको प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

उपविजेता टोलीले भने ५ लाख रुपैयाँ पाउनेछ। प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .