ad ad

खेल


अर्धशतक बनाएलगत्तै आउट भए रोहित पौडेल

अर्धशतक बनाएलगत्तै आउट भए रोहित पौडेल

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १६, २०८० बुधबार १४:१६, काठमाडौँ

नेदरल्यान्ड्सविरुद्धको टी-२० भिडन्तमा नेपाली कप्तान रोहित पौडेल अर्धशतक बनाउनेबित्तिकै आउट भएका छन्।

३५ बलमा ५० रन बनाएलगत्तै उनी विकेट किपरबाट क्याच आउट हुन पुगेका हुन्। 

पौडेलले नेदरल्याण्ड्विरुद्ध अर्धशतक बनाउँदै पेभेलियन फर्केका छन्। 

३५ बलमा ४ चौका र २ छक्का मद्धतमा रोहितले अर्धशतक पूरा गरेका थिए। १२ औँ ओभरको चौथो बलमा रोहितले अर्धशतक पूरा गरेका थिए। राष्ट्रिय टोलीका लागि रोहितको यो छैटौँ अर्धशतक हो। 

१२ औँ ओभरको अन्तिम बलमा रोहित आउट भए। त्यसअघि १२ औँ ओभरको दोस्रो बलमा कुशल मल्ल ११ रन बनाउँदै आउट भएका थिए। 

एकै ओभरमा दुई विकेट गुमाएपछि नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .