ad ad

खेल


पारस खड्का नेतृत्वको लेजेन्ड्स २०१४ ले उचाल्यो एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि

पारस खड्का नेतृत्वको लेजेन्ड्स २०१४ ले उचाल्यो एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि

नेपालखबर
फागुन २८, २०८० सोमबार १८:५, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा रहेको लेजेन्ड्स २०१४ ले एक्स्ट्राटेक लिजेन्ड कप टी–१० लिगको उपाधि उचालेको छ।

सोमबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटनको अवसरमा भएको टी–१० लिगमा विनोद दासको कप्तानीमा रहेको रेष्ट अफ ११ लाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो।   
विश्वकप २०१४ ले दिएको १ सय २ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेटको क्षतिमा ८४ रन मात्र बनाउन सक्यो।

सीता राना मगरले बनाएको १२ रन नै रेस्ट अफ नेपालका लागि सर्वाधिक रह्यो।

कप्तान विनोद दास र पारस लुनिया समान ५ रन बनाउँदै पेभेलियन फर्के।

दिपेन्द चौधरी ओभरको पहिलो बलमा नै शक्ति गौचनको बलमा एलबीडब्लु धरापमा परे।

जय प्रकाश सर्राफले ६ र विकास डालीले १ रन थपे।

सामसुङ जंग थापाले ४ विकेट लिए।  बद्री पंगेनीले २ विकेट लिए। शक्ति गौचनको नाममा १ विकेट रह्यो।
 
त्यसअघि तिलोत्तममास्थित एक्स्ट्राटेक ओभलमा टस जितेर ब्याटिङ गरेको लेजेन्ड्स २०१४ ले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा १ सय १ रनको योगफल तयार पारेको थियो।

कप्तान पारस खड्काले १२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रनको योगदान दिए। पारस अन्तिम ओभरको चौथो बलमा स्पिनर लाक्पा लामाको बलमा दीपेन्द्र चौधरीको हातबाट क्याच आउट भए ।
ओपनर विरेन्द्र शाह २९ रनमा रन आउट भए । प्रफुल्ल वैद्यले १३, शरद भेषावकर डक, दीपेन्द्र लाम्गाडे ९ रन थपे।  
रेस्ट अफ नेपालका स्पिनर लाक्पा लामाले २ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए। राज कुमार प्रधान र दीपेन्द्र चौधरीले १–१ विकेट लिए।
विनोद कुवँर र सदिक्षा गौतमको निजी लगानीमा एक्स्ट्राटेक ओभल प्रालीले रुपन्देहीको तिलोत्तमा नगरपालिमा निर्माण गरिरहेको एक्स्ट्राटेक ओभल क्रीकेट मैदानको उद्घाटनको अवसरमा लिग गरेको हो।

सेमिफाईनलमा रेष्ट अफ नेपालले रुपन्देही लेजेड्सलाई १६ रनले तथा लेजेन्ड्स २०१४ ले १९९६ लेजेड्सलाई ५ विकेटले हराउँदै फाईनलमा स्थान पक्का गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .