ad ad

खेल


नेपालले पपुवा न्युगिनीलाई दियो १९९ रनको लक्ष्य

नेपालले पपुवा न्युगिनीलाई दियो १९९ रनको लक्ष्य

नेपालखबर
फागुन २९, २०८० मंगलबार ८:२६, काठमाडौँ

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) लाई नेपालले जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाउन सक्यो। 

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले।

भुर्तेलले ३९ बलमा चाररचार छक्का र चौकाको मद्दतमा ५९ रन बनाए। सन्दीले २६ बलमै चार छक्का र तीन चौका मद्दतमा ५६ रन बनाए।

विनोद भण्डारी २७ र लोकेश बम १४ रनमा आउट हुँदा विवेक यादव १९ तथा  गुलशन झा १५ रनमा अविजित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .