खेल


मेसी र स्वारेजको गोलसँगै इन्टर मियामी अन्तिम ८ मा

मेसी र स्वारेजको गोलसँगै इन्टर मियामी अन्तिम ८ मा

नेपालखबर
चैत १, २०८० बिहिबार १५:१०, काठमाडौँ

कप्तान लियोनल मेसी र अर्का स्ट्राइकर लुइस स्वारेज दुवैले गोल गर्दा इन्टर मियामी कोन्काक्याफको अन्तिम ८ मा पुगेको छ।

नेपाली समयअनुसार बिहीबार बिहान भएको खेलमा मियामीले नास्भेल एससीलाई ३–१ ले हराएको हो।

मियामीलाई जिताउने क्रममा कप्तान मेस्सीले एक गोल गरे भने स्वारेजका लागि अवसर मिलाइदिए। अर्को एक गोल रोबर्ट टेलरले गर्न सफल भए।

मेसीले मियामीको घरेलु मैदानमा खेलको आठौँ मिनेटमा दिएको पासलाई स्वारेजले गोलमा परिणत गर्दै अग्रता दिलाए।

त्यस्तै डिअगो गोमेजले निकालिदिएको अवसरलाई मेस्सीले २३औँ मिनेटमा गोलमा परिणत गरे।

उता टेलरले खेलको ६३औँ मिनेटमा तेस्रो गोल गरे। पराजित नास्भेलका लागि इन्जुरी समयमा साम सुरिड्जले सान्तवना गोल फर्काए। 

यससँगै मियामीले नास्भेल एससीविरुद्ध समग्रमा ५–३ को जितसहित क्वार्टरफाइलन पक्का गरेको हो।

पहिलो लेगमा मियामीले उत्कृष्ट पुनरागमनसहित खेललाई २–२ को बराबरीमा टुंग्याएको थियो। दोस्रो लेगमा उसले एकपक्षीय जित निकाल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .