खेल


भोलि पोखरा दौडँदै!

भोलि पोखरा दौडँदै!

वाशुदेव मिश्र
फागुन २, २०७६ शुक्रबार १३:५६,

शनिबार पोखराको सडकमा करिब ७ हजार जनासँगै दौडनेछन्। भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको १४औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अवसरमा उनीहरु सडकमा निस्कन लागेका हुन्।

पोखरा म्याराथनअन्तर्गत हुने विभिन्न इभेन्टमा सहभागिता जनाउनेको संख्या २ हजार नाघेको छ। ४२.१९५ किलोमिटरको पूर्ण म्याराथनमा १२५ जना, १० किलोमिटर महिला पुरुषतर्फ ३५०जना, ५ किलोमिटर छात्र–छात्रा तर्फ १६५० जना, ह्विल चियर, दृष्टीविहिन महिला पुरुष तर्फ करिब १०० जनाको सहभागिता रहने पक्का भएको आयोजक संस्थाका अध्यक्ष तेज गुरुङले जानकारी दिए।

यता, दर्ता भएका धावकसहित ‘रन फर फन’का लागि ७ हजारभन्दा बढी जनामानस पोखरा रंगशालाबाट एकैपटक दौडने उनले अनुमान लगाए।

शनिबार पोखरामा करिब ४ घन्टा अत्यावश्यकबाहेक अन्य यातयातका सवारी साधनहरु ठप्प हुने भएका छन्। म्याराथनमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरण सिंह वोगटीले सहभागिता जनाउने भएका छन्। पोखरा म्याराथनमा सहभागि जनाउन पोखरा आइपुगेका धावक वोगटीले सागमा २ घन्टा २१ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका थिए।

पोखरा म्याराथनले आफूलाई म्याराथन धावकको रुपमा जन्म दिएकोले कहिल्यै बिर्सन नसक्ने उनले बताए। ११ औं पोखरा म्याराथन मार्फत पहिलो पटक पोखरा म्याराथन दौडिएका वोगटीले छैटौं स्थानमा आएका थिए। सशस्त्र प्रहरी बल काठमाडौमा कार्यरत उनी ८ औंँ राष्ट्रिय खेलकुदमा तेश्रो स्थानमा रहेका थिए।

यसैबीच पोखरा शहरको भगिनी सम्वन्ध रहेको जापानको कोमागानेका धावक पनि पोखरा आइपुगेका छन्। धावक युशुकी नाकाशाकी जापानको कोमागाने शहरमा हालै सम्पन्न हाफ म्याराथनका विजेता समेत हुन्। पोखरा म्याराथनमा डेनमार्ककी २४ वर्षीया धावक शिसिली पनि दौडने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad