नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेट खेलाडीका लागि घोषणा गरेको पुरस्कारबापतको रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
एसीसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीका लागि बिहीबार बिहान काठमाडौँमा आयोजित बिदाइ कार्यक्रममा कप्तान पौडेलले सरकारले विभिन्न पुरस्कार घोषणा गरेको तर त्यसबापतको पूरा रकम आउन बाँकी रहेको बताएका हुन्।
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ उपस्थित बिदाइ कार्यक्रममा उनले भने, ‘सरकारले पुरस्कारबापत घोषणा गरेको रकम सबै प्राप्त भएको छैन, त्यो चाँडो उपलब्ध गराइदिन हुन अनुरोध छ।’
हेर्नुहोस् भिडिओ–
249
Shares
प्रतिक्रिया