ad ad

खेल


आयरल्यान्डले नेपाललाई दियो २ सय २५ रनको लक्ष्य

आयरल्यान्डले नेपाललाई दियो २ सय २५ रनको लक्ष्य

नेपालखबर
चैत १७, २०८० शनिबार १४:५५, काठमाडौँ

कीर्तिपुरमा जारी दोस्रो टी–२० अभ्यास खेलमा जितका लागि नेपाल ‘ए’ले २ सय २५ रनको लक्ष्य पाएको छ। आयरल्यान्ड ‘ए’ले ६ विकेट गुमाउँदै २ सय २४ रन जोडेको छ। 

टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय नेपालले जितका लागि २ सयय २५ रन बनाउनुपर्ने भएको छ। 

आयरल्यान्डका पिटर मुरले ६५ रनको योगदान गरे। 

कप्तान निल रकले सर्वाधिक ७१ रन बनाउँदै नट आउट रहे। खेलमा रस आडैर १७, जेम्श म्याकुलम २६, ग्यारेथ डेलानी १० र फिन ह्यान्ड १९ रनको योगदान गरे। 

नेपालका लागि सागर ढकाल एक्लैले ३ विकेट लिए। कमलसिंह ऐरी र पवन सरार्फले एक/एक विकेट लिए।

नेपालले टोलीमा २ परिवर्तन गरेको छ। पवन सर्राफ र विपिन खत्री टोलीमा आउँदा हेमन्त धामी र अर्जुन घर्ती बेन्चमा छन्। 

आयरल्यान्डले पनि टोलीमा २ परिवर्तन गरेको छ। केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।

नेपालको प्लेइङ ११ः
विनोद भण्डारी (कप्तान, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल र कमल सिंह ऐरी।

बेन्च : नारायण जोशी, विकाश आग्री, हेमन्त धामी र अर्जुन घर्ती।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .