ad ad

खेल


प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

नेपालखबर
चैत २५, २०८० आइतबार १०:५७, हेटौँडा

प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता चितवनको भरतपुरमा आज (आइतबार) सुरु हुँदै छ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्‌को संयुक्त आयोजनामा भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिता हुने भएको हो। 

आयोजकका अनुसार उक्त प्रतियोगिता अपराह्न ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ।

प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ।

पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुनेछन्।

पुरुष फुटबल भने हेटौँडास्थित गौरीटार रंगशालामा हुनेछ।

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ काँस्य पदको व्यवस्था गरिएको छ।

प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ।

प्रतियोगिताको समापन वैशाख १ गते हेटौँडाको गौरीटार रंगशालामा गरिने आयोजकले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .