ad ad

खेल


आयरल्यान्ड ‘ए’विरुद्ध शतक बनाउँदै आउट भए अर्जुन कुमाल

आयरल्यान्ड ‘ए’विरुद्ध शतक बनाउँदै आउट भए अर्जुन कुमाल

तस्बिर : क्रिकेट संघ


नेपालखबर
चैत २५, २०८० आइतबार १५:५०, काठमाडौँ

स्टेफन दोहेनीको शतकमा आयरल्याण्ड ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा दिएको २ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि अर्जुन कुमालले शतक बनाएक छन्।

नेपालको स्कोर उकास्ने क्रममा उनले ११४ बलको सामना गर्दै १०० रन बनाउन सफल भएका हुन्। शतक बनाएसँगै उनी आउट भएका छन्।

अर्जुनलाई रुपेश सिंहले ११ बलमा १० रन बनाउँदै साथ दिइरहेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८ वर्षीय अर्जुनले शतक बनाउँदा उपस्थित दर्शकले पनि उठेर उनलाई हौसला बढाए।

टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८४ रनको योगफल तयार पारेको थियो।

जवाफी ब्याटिङका क्रममा ताजा अवस्थामा नेपाल ‘ए’ले ३४ ओभर खेल्दै ६ विकेटको क्षतिमा २०४ रन बनाइसकेको। 

जारी सिरिजमा अहिलेसम्मकै विशाल योगफल पछ्याउने क्रममा नेपालको स्कोर अर्जुनले उकासेका थिए। तर उनी आउट हुन पुगे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .