खेल


एसीसी प्रिमियर कपको उपाधिका लागि ओमान र यूएई भिड्दै

एसीसी प्रिमियर कपको उपाधिका लागि ओमान र यूएई भिड्दै

नेपालखबर
बैशाख ९, २०८१ आइतबार ११:५९, काठमाडौँ

एसीसी प्रिमियर कप २०२४ को उपाधिका लागि आइतबार ओमान र युएई भिड्दै छन्। 

ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदान टर्फ १ मा हुने खेल अपराह्न सवा ४ बजे सुरु हुनेछ। 

यो खेलको विजेताले एसिया कपमा स्थान बनाउनेछ। यूएईले पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। 

ओमानले भने दोस्रो सेमिफाइनलमा हङकङलाई ५ विकेटले हराउँदै यूएईसँगको भेट पक्का गरेको थियो। 

यसअघि शनिबार भएको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको थियो। 

नेपाललाई पराजित गरेसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .