कतारी राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच खेलकुदसम्बन्धी सम्झौता हुने भएको छ।
दुई दिने नेपाल भ्रमणमा रहने गरी कतारी राजा नेपाल आउनलागेका हुन्। उनको भ्रमणका दौडान खेलकुद क्षेत्रको विकासका लागि सम्झौता हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कतारसँग खेलाडी प्रशिक्षण र अनुभव आदानप्रदानका विषयमा सम्झौता हुनेछ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुदमा सहकार्य गर्नेसम्बन्धी कतारसँग गर्ने समझदारीलाई स्वीकृत गरिसकेको छ।
नेपाल भ्रमणअघि कतार सरकारले नेपालको खेलकुद विकासका लागि चाहिने विषयमा पत्राचार गर्न भनेको थियो।
कतार दिनसक्ने स्थिति भए नेपाल भ्रमणका क्रममा सम्झौता गर्ने बताए पनि परराष्ट्रबाट पछि यसबारेमा थप केही जानकारी नआएको स्रोतले बताएको छ।
Shares
प्रतिक्रिया