खेल


क्रिकेट विश्वकप : नेपालकै समूहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्‍यो १५ सदस्यीय टोली

क्रिकेट विश्वकप : नेपालकै समूहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्‍यो १५ सदस्यीय टोली

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १४:५९, काठमाडौँ

आईसीसी टी–२० विश्वकप २०२४ का लागि दक्षिण अफ्रिकाले १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ।

अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपका लागि दक्षिण अफ्रिकाले एडेन मक्रमको कप्तानीमा टोली घोषणा गरेको हो। 

दक्षिण अफ्रिकाले आक्रामक युवा ब्याटर मक्रम, क्विनटन डि कक, रिजा हेन्ड्रिक्स, हेनरिक क्लासेन, डेभिड मिलर र त्रिस्टन स्टुब्स्लाई समेट्दै ब्याटिङ लाइन बलियो बनाएको छ। 

यस्तै टोलीमा पेस ब्याटर कागिसो रबाडा र एनरिच नोर्टनेलाई समेट्दा बलरमा केशव महाराजा, बिजरोन फर्टुइन र तबरेज शम्सी स्पीनरका रुपमा छन्। 

टी–२० विश्वकपमा दक्षिण अफ्रिका, नेपाल, नेदरल्याण्ड, बंगलादेश र श्रीलंका रहेको समूह 'डी'मा छ। 

दक्षिण अफ्रिकाले समूह चरणको पहिलो खेलमा जुन ३ मा श्रीलंकासँग खेल्नेछ। समूह चरणको दोस्रो खेलमा जुन ८ मा नेदरल्याण्ड तथा तेस्रो खेलमा जुन १० मा बंगलादेशसँग खेल्नेछ। यस्तै समूह चरणको अन्तिम खेलमा जुन १५ मा नेपालसँग खेल्ने तालिका छ।

२० टोली सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ टोलीले सुपर ८ मा स्थान पक्का गर्नेछन्। 

सुपर ८ बाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल जुन २९ मा हुनेछ। 

दक्षिण अफ्रिकाको टोलीः 
एडेन मक्रम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड कोएत्ज, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रिजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराजा, डेभिड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, रायन रिकेल्टन, तबरेज शम्सी र क्रिस्टन स्टुब्स
वैकल्पिक खेलाडीः नान्द्रे बर्गर र लुंगी न्गिडी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .