ad ad

खेल


गल्फर सुवास तामाङ र पत्रकार श्याम चित्रकार सम्मानित

गल्फर सुवास तामाङ र पत्रकार श्याम चित्रकार सम्मानित

नेपालखबर
जेठ १४, २०८१ सोमबार २०:५४, काठमाडौँ

नेपाल गल्फ संघले आफ्नो वार्षिक साधारण सभाको अवसरमा पूर्व नम्बर १ एमेच्योर गल्फर सुवास तामाङ र वरिष्ठ पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सुवासलाई सम्मान पत्र र नगद एक लाख सहित सम्मान गरे।

गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले २५ हजार गरी सुवासलाई एक लाख प्रदान गरिएको हो।

सुवासले १३औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक दोहोरो स्वर्ण पदक जितेका थिए। यस्तै, उनले बगंलादेश ओपनमा सदभाव आचार्यसँग टिमतर्फ स्वर्ण र व्यक्तिगत स्पर्धामा रजत पदक जितेका थिए।

यसैगरी सुवासले १२२औं संस्करणको अल इन्डिया एमेच्योर ओपनको उपाधि जिते। भारतमा प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली गल्फर समेत हुन्।

उनको यही सफलताको कदर गर्दै संघले संघले सम्मान गरेको हो। सुवासले यही वर्ष प्रोफेसनल करियरको सुरूवात गरेका छन्।

यसैगरी संघले वरिष्ठ पत्रकार श्याम चित्रकारलाई गल्फ खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै नगद २५ हजार सहित सम्मान गरेको छ।

आजै नेपाल गल्फ संघको वार्षिक साधारण सभाले महासचिवमा दीपक आचार्य र सचिवमा श्रीराम भण्डारीलाई नियुक्त गरेको छ। संघको कार्यसमितिले प्रस्तुत गरेको मनोनयनको एजेन्डालाई साधारण सभाले पारित गर्दा आचार्य र भण्डारी नियुक्त भएका हुन्।  

यसैगरी साधारण सभाले महासचिव दिपक तथा कोषाध्यक्ष किसन अग्रवालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्‍यो।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .