खेल


सय खेलभन्दा नेपालको जर्सी लगाउन पाउनु ठूलो हो : कप्तान चेम्जोङ

सय खेलभन्दा नेपालको जर्सी लगाउन पाउनु ठूलो हो : कप्तान चेम्जोङ

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १३:३६, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन्।

फिफा विश्वकप २०२६÷एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मत बिन फहद रंगशालामा गत मंगलबार यमनविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गरेका थिए। 

उनले खेलमा प्रदर्शन तल माथि भइरहने बताउँदै उनले सय खेल खेलनु भन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको पनि बताए।

‘खेलाडीहरूको खेल तलमाथि भइरहन्छ नै। मैले सय गेम खेल्नु भन्दा पनि नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि बढी गर्वको कुरा हो। सय गेम आफ्नो ठाउँमा छ, तर नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि ठूलो कुरा हो,’ उनले भने, ‘स्वास्थ्य राम्रो हुन्जेलसम्म खेल्नेछु। सानो सानो कमजोरीले गर्दा अन्तिम खेलमा बराबरी खेल्यौँ। नयाँ टिम छ, यो टिमले अब नयाँ बाटो कोर्नुपर्छ। ४ जना बाहेक सबै नयाँ छन्।’

त्यस्तै फुटबलर जिलेस्पीजंग कार्कीले डेब्यु गोल अविस्मरणीय रहेको र रणनीतिअनुसार खेल्दा गोल गर्न सफल भएको बताए। बलिया टिमहरूसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जाने उनको विश्वास छ। 

‘डेब्यू गोल अविस्मरणीय नै रहन्छ। रणनीतिअनुसार म्याचमा खेल्न सक्यौँ खुशी छु। दुवै बलिया टिम थिए। बलिया टिमसँग धेरै नै अनुभव लियौँ। बलिया टिमहरूसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जानेछ।’

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली नयाँ टोलीले राम्रो खेल खेलेको बताए। यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्दा बराबरी हुन पुगेको उनले बताए। 

‘हामीले राम्रो खेल खेलेका छौँ। यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्यौँ। बराबरीमा बस्नुपरेको छ। सबैले राम्रो खेलेका छन्,’ उनले भने। 

यमनसँग नेपालले २—२ को बराबरी खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad