अखिल नेपाल फुटबल संघ (एन्फा) मने आयोजनामा आइतबार (भदौ १६) बाट सुरु हुने ‘एन्फा महिला लिग’ को पहिलो खेल कोसी प्रदेश र वालिङ नगरपालिकाबीच हुने भएको छ।
१० टोलीको सहभागीता रहने यो लिग दुई चरणमा हुनेछ। पहिलो चरणमा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछन्।
आइतबार दिउँसो ३ बजेबाट सुरु हुने उद्घाटन खेलको प्रवेश समेत निशुल्क गराइएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी गराएका छन्।
विभागिय तीन टिम (एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब) कोसी प्रदेश, सुदूरपश्चिम प्रदेश, चन्द्रपुर नगरपालिका, संकटा क्लब, कर्णाली प्रदेश, बागमती युवा क्लब र वालिङ नगरपालिकाबीच लिगमा प्रतिस्पर्धा हुनेछ।
खेलको सम्पूर्ण तयारी पूरा भइसकेको प्रवक्ता शाहले जानकारी दिए। ‘सिंगल राउन्ड रोविन’ को आधारमा ४५ खेल सञ्चालन हुने एन्फाले जनाएको छ। सुपर लिग, क्वालिफायर र इलिमिनेटर गरेर जम्म ६९ खेल हुने एन्फाले जानकारी गराएको छ।
उद्घाटन खेलबाहेकका अन्य खेलहृ एन्फा कम्प्लेक्स सातदोबाटो र दशरथ रंगशालामा खेलाइने एन्फाले बताएको छ। ‘टिकट दर रु १०० कायम गरिएको छ,’ प्रवक्ता शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई ५ लाख, उत्कृष्ट खेलाडीलाई नगद १ लाख, फेयर प्ले टिमलाई नगद १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५० हजार प्रदान गरिने बताइएको छ।
प्रतियोगिताको अनुमानित लागत २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रहेको प्रवक्ता शाहले बताए।
Shares

प्रतिक्रिया