काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) को पहिलो खेलमा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।
एनपीएलमा लगातार चार हार बेहोरेको लुम्बिनी पहिलो जितको खोजीमा छ। हालसम्म चार खेल खेलेको चितवनले भने ३ मा जित र एउटामा हार भोगेको छ।
लुम्बिनीले आजको खेलमा अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। वेन कटिङको स्थानमा उन्मुक्त चन्द सुरुवाती ११ मा आएका छन्।
चितवनले भने अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ। चितवनले हसन इसाखिलको स्थानामा लुक वेनकेस्टाइनको र दीपक बोहोराको स्थानमा नरबहादुर कार्कीलाई मौका दिएको छ।
लुम्बिनी लायन्सः
रोहित पौडेल (कप्तान), सन्दीप जोरा, विवेक यादव, अर्जुन साउद, आशुतोष घिरैया, दुर्गेश गुप्ता, अविशेष गौतम, टोम मोरिस, साद विन जफर, उन्मुक्त चन्द र रामोन सिमोन्डस
चितवन रोइनोजः
Shares

प्रतिक्रिया