खेल


वुमन्स डे टी–२० कप : नेपाल हङकङसँग २ रनले पराजित

वुमन्स डे टी–२० कप : नेपाल हङकङसँग २ रनले पराजित

नेपालखबर
फागुन २६, २०८१ सोमबार २०:२४, काठमाडौँ

युगान्डामा जारी वुमन्स डे टी–२० कपमा नेपाल हङकङसँग पराजित भएको छ।

हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ९८ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बलमा २ चौकाको मद्दतमा ३२ रन बनाएर रनआउट हुँदा टोलीले हार भोग्न पर्यो। पूजा महतोले २८ बलमा २ चौका प्रहार गर्दै १९ रन बनाएर क्याचआउट भइन्।

ओपनर साना प्रवीन २६ बल खेल्दा १० रन र सम्झना कुमारी खड्काले २ बलमा १ रन जोडेर आउट भइन्। बिन्दु रावलले १७ बलमा १४ रनको योगदान गरिन्। 

कविता जोशी र रुविना क्षेत्रीले कुनै बलका सामना गर्न नपाउँदै रनआउट हुन पुगे। कप्तान बर्मासँग तालमेल नमिल्दा दुवै आउट भए। इन्दु पनि त्यसैगरी रनआउट भइन्। 

रोमा थापाले १२ बलमा १३ र इश्वरी बिष्टले २ बलमा २ रन जोड्दै नटआउट रहे। हङकङकी मारिको हिलले २  तथा सिउ मे वाइ र चाङ का इङले समान एक विकेट लिए।त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको थियो।

हङकङका लागि ओपनर नताशा माइल्सले सर्वाधिक ३५ रन बनाउँदा मारिको हिलले २१ र चाङ का यिङले १२ रन बनाइन्।

यास्मिन दासवानी ११ रनमा नटआउट रहँदा मरियम बिबी र शान्जीन शहजादले समान ७ रनको योगदान गरे।
 
नेपालका इश्वरी विष्ट र कप्तान इन्दू बर्माले २/२ विकेट लिए। पूजा महतो र रचनाकुमारी चौधरीले एक एक विकेट लिए।

यसअघि नेपाल नामिवियासँग पराजित भएको थियो भने युगान्डालाई १ विकेटले हराएको थियो। पहिलो चरणमा खराब प्रदर्शन गर्दा नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ।

अब तीन वटै टोलीसँग दोस्रो चरणको खेल हुनेछ। त्यसपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्।

अब नेपालले बुधबार नामिबियासँग, बिहीबार युगान्डासँग र शुक्रबार हङकङ चाइनासँग खेल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad