एएफसी एसियन कप २०२७ को छनोट तथा हङकङसँगको मैत्रपूर्ण खेलका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ।
नेपाली राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन्।
नेपालले बिहीबार हङकङसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। त्यसपछि नेपालले जुन १० मा लाओसविरुद्ध छनोट खेल खेल्नेछ।
हङकङसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली भोलि मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ।
अन्तिम टोलीः
अविशेक लिम्बु, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दिप कार्की, किरण चेम्जोङ, जिलेस्पी जंग कार्की, कृतिशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्ब्, मनि कुमार लामा, मनिष डांँगी, रोहित चन्द, रोहन कार्की, सनिष श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, योगेश गुरुङ।
Shares

प्रतिक्रिया