खेल


स्कटल्यान्डमा आजबाट टी–२० त्रिकोणात्मक सिरिज सुरु हुँदै, नेपालले भोलि खेल्ने

स्कटल्यान्डमा आजबाट टी–२० त्रिकोणात्मक सिरिज सुरु हुँदै, नेपालले भोलि खेल्ने

नेपालखबर
असार १, २०८२ आइतबार १३:२०, काठमाडौँ

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबारदेखि स्कटल्यान्ड र नेदरल्यान्ड सम्मिलित टी–२० त्रिकोणात्मक सिरिज खेल्दैछ। 

सिरिजको पहिलो खेलमा आज आइतबार घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड भिड्दैछन्। खेल टिटवुडको ग्लासगोमा ६ः४५ बजे सुरु हुनेछ। नेपाली टोलीले सोमबार नेदरल्यान्डसविरुद्ध खेल्दै टी–२० सिरिजको सुरुवात गर्नेछ। 

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। टी–२० सिरिजमा किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा थपिएका छन्। 

टी–२० खेल्ने टोलीमा आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने टोलीबाट दुई खेलाडी परिवर्तन भएका छन्। चोटका कारण सोमपाल र गुल्सनले लिग–२ मा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै टी–२० आईका पुरै सिरिज गुमाएका हुन्। 

लिग–२ मा नेपाली टोलीले स्कटल्यान्डलाई पहिलो खेलमा १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा २ रनले नेपाल पराजित भएको थियो। नेदरल्यान्डलाई भने पहिलो खेलमा ५ विकेटले हराएको नेपालले दोस्रो खेलमा १६ रनको जित निकालेको थियो। 

उता नेदरल्यान्डलाई पहिलो खेलमा ४४ रनले हराएको घरेलु टोलीले दोस्रो खेलमा भने ४ विकेटले हार व्यहोरेको थियो।

नेपाली टोलीः 
रोहित पौडेल (कप्तान),आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह, आरिफ शेख।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad