एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले अग्रता दोब्बर बनाएको छ। उज्वेकिस्तानको पख्तखोर स्टेडियममा खेलको पहिलो हाफ जारी रहँदा नेपालले २-० को अग्रता बनाएको हो।
खेलको ११ औँ मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। सविता रानामगरको लामो क्रसमा रश्मीले सावित्रा भण्डारीलाई मिलाएको बलमा साम्बाले अनिता बस्नेतलाई दिएको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेकी थिइन्।
सविताको प्रहार सेकेन्ड बार नजिकबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमाएको थियो। पहिलो हाफमा नै साम्बाको हेडर गोलमा नेपालले अग्रता दोब्बर पार्यो। अनिता बस्नेतको क्रसमा साम्बाले हेडर गोल गरिन्।
1.7k
Shares

प्रतिक्रिया