एसीसी यू–१६ पुरुष इस्ट जोन कप २०२५ को फाइनलमा सिंगापुरविरुद्ध पावर प्लेमा नेपाली युवा टोलीले दबाब बनाइराखेको छ।
मलेसियाको वांगीस्थित वाइएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ गरिरहेको सिंगापुरलले १० ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ४६ रन बनाएर खेलिरहेको छ।
क्रिजमा रोहन अरुण ४ र आरभ अग्रवाल ४ रनमा नटआउट छन्।
कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए।
स्वारित ठाकुर ५, प्रनान्द मेडुरी २ र ओपनर अहान भुटानडम शून्य रनमा पेभेलियन फर्के।
नेपालका लागि अभय यादवले २ तथा विपिन प्रसाद शर्माले १ विकेट झारे।
समूह चरणमा सिंगापुरलाई ६ विकेटले हराएको नेपाली युवा टोली सिंगापुरलाई दोस्रोपटक हराउँदै उपाधि जित्न चाहन्छ।
प्रतियोगितामा नेपाल मात्र अपराजित टोली हो।
सिगांपुर भने समूह चरणमा नेपालसँग हारेको थियो।
1.4k
Shares

प्रतिक्रिया