खेल


लुइस डियाज चार वर्षका लागि जर्मन क्लब बार्यनमा

लुइस डियाज चार वर्षका लागि जर्मन क्लब बार्यनमा

नेपालखबर
साउन १४, २०८२ बुधबार १७:४३, काठमाडौँ

लिभरपुलका विंगर लुइस डियाज चार वर्षका लागि जर्मन क्लब बार्यन म्युनिख पुगेका छन्। 

बुन्डेस लिगा च्याम्पियन बायर्नले लिभरपुलसँग ६५.५ मिलियन पाउण्डमा सम्झौता गरेपछि डियाजले एनफिल्ड छाडेका हुन्। डियाजले झण्डै साढे तीन वर्ष एनफिल्डमा बिताएका थिए।

बायर्नसँग सम्झौता गर्ने भएपछि २८ वर्षीय डियाजले प्रि–सिजन अन्तर्गत लिभरपुल र एसी मिलानबीचको खेल खेलेका थिएनन्। 

लिभरपुलले सुरुवातमा डियाजमाथि ५८.६ मिलियन पाउण्डको प्रस्ताव अस्वीकार गरेको थियो। बायर्नले ६५.६ मिलियन युरोको प्रस्ताव राखेपछि लिभरपुलले डियाजलाई मेडिकलका लागि स्वीकृति दिएको थियो। 

लिभरपुल छाडेपछि डियाजले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा लिभरपुलमा आफ्नो कर्तव्य पूरा गरेको बताएका छन्। लिभरपुल वास्तवमा एक विशेष टोली रहेको र सबैलाई मनमा राख्ने बताएका छन्। 

लिभरपुल छाड्दै गर्दा डियोगो जोटालाई स्मरण गर्दै डियाजले उनलाई नगुमाएको भए यो उत्तम बिताइ हुने बताएका छन्। 

उनले लेखेका छन्, ‘म सबैलाई मेरो ह्दयमा बोकेर हिँडेको छु, तर विशेष गरि ति मध्य डियोगोलाई, म उनलाई कहिल्यै बिर्सने छैन। हामी उनलाई कहिल्यै बिर्सने छैनौँ, सबै कुराका लागि धन्यवाद।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad