खेल


एनपीएलबाट क्यानलाई २७ करोड ६९ लाख आम्दानी

एनपीएलबाट क्यानलाई २७ करोड ६९ लाख आम्दानी

नेपालखबर
साउन १६, २०८२ शुक्रबार ७:४२, काठमाडौँ

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट प्राप्त गरेको आय-व्ययको विवरणको सार्वजनिक गरेको छ।

बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययको विवरण सार्वजनिक गरेको हो। 

एनपीएलको पहिलो संस्करणबाट २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ आम्दानी गरेको क्यानले जानकारी दिएको छ। 

कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ। जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन्।

राजस्व बाँडफाँडपछिको क्यानको शुद्ध नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ रहेको प्रवक्ता लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad