अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक १० ओभरमा ३ विकेट गुमाउँदै १०३ रन बनाएको छ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको नर्दनटेरिटोरीको २ विकेट सन्दीप लामिछाने र एक विकेट रुपेश सिंहले लिए।
टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत भइरहेको खेलमा घरेलु टोलीका टिआर्सी सर्टले अर्धशतक पूरा गरे।
३४ बलमा ५१ रन बनाएका सर्ट सन्दीपको बलमा आउट भए। नेपाललाई पहिलो सफलता रुपेश सिंहले दिलाए।
258
Shares

प्रतिक्रिया