खेल


महिला च्याम्पियन्स लिग छनोट: उज्वेकिस्तानको टोलसँग हार्‍यो एपीएफ फुटबल क्लब

महिला च्याम्पियन्स लिग छनोट: उज्वेकिस्तानको टोलसँग हार्‍यो एपीएफ फुटबल क्लब

नेपालखबर
भदौ १०, २०८२ मंगलबार ५:४३, काठमाडौँ

एएफसी महिला च्याम्पियन्स लिग छनोट अन्तर्गत समुह चरणको पहिलो खेलमा एपीएफ फुटबल क्लब पराजित भएको छ।

उज्वेकिस्तानको घरेलु मैदानमा भएको खेलमा एपीएफ एफसी नसाफसँग ३–० गोलअन्तरले पराजित भएको छ। खेलको पहिलो हाफमा ३–० ले पछि परेको एपीएफले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन। 

पहिलो हाफको १३ औँ मिनेटमा खाबीबुल्लेहा चियो राखोनको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो। खेलको १६ औँ मिनेटमा खालीबुल्लेहाको गोलमा नै एफसी नसाफले अग्रता दोब्बर पार्यो।

खेलको ३३ औँ मिनेटमा माफतुना सोयिमोभाको गोलमा घरेलु टोलीले ३–० ले अग्रता बनाएको थियो। त्यसपछी खेलमा थप गोल हुन नसक्दा एपीएफ पराजित हुन पुग्यो। 

समूह चरणको दोस्रो खेलमा एपीएफले दोस्रो खेलमा १२ गते बिहीबार थाइल्यान्डको कलेज अफ एसियन स्कोलर्ससँग भिड्नेछ। 
समूह चरणको अन्तिम खेलमा १६ गते सोमबार साउदीको अल नसारविरुद्ध भिड्ने तालिका छ। 

समूह चरणका खेलहरू अगस्ट २३ देखि ३१ सम्म उज्बेकिस्तानमा हुनेछन्। छनोटमा सहभागी १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ।

समूह चरणमा ४ समुहमा ४  टोली र एक समूहमा ३ टोली छन्। हरेक समूह विजेताले फाइनल चरणमा स्पर्धा गर्नेछन्।  यसअघि नै छनोट भइरहेका ७ टोलीसहित छनोट चरण पार गर्ने ५ गरी १२ टोलीले फाइनल चरणमा प्रतिष्पर्धा गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad