खेल


ऐतिहासिक पदक विजेता एरिका २ लाखसहित सम्मानित

ऐतिहासिक पदक विजेता एरिका २ लाखसहित सम्मानित

नेपालखबर
भदौ २२, २०८२ आइतबार १८:२९, काठमाडौँ

नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल करातेकी एरिका गुरुङ नगद पुरस्कारसहित सम्मानित भएकी छन्।

नेपाल कराते महासंघले आइतबार एरिकालाई नगद २ लाख रुपैयाँसहित सम्मान गरेको हो। उनको नाममा नेपाली करातेमा ऐतिहासिक पदकहरू जोडिएका छन्। 

काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा नेपाल कराते महासंघ अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले एरिकालाई २ लाख बराबरको चेक र सम्मानपत्र हस्तान्तरण गरे। 

एरिकाले गत जेठ १९ गते मोरक्कोमा सम्पन्न विश्व कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी थिइन्। यो पदक नेपाली करातेमा ऐतिहासिक र पहिलो हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad