खेल


जनकपुरलाई विराटनगरले दियो मध्यम लक्ष्य

जनकपुरलाई विराटनगरले दियो मध्यम लक्ष्य

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १३:१३, काठमाडौँ

विराटनगर किंग्सको टप अर्डर नचल्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु जितका लागि १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको हो। 

विराटनगरका लागि शुभम रजानेले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। २९ बलमा २ चौका र २ छक्का प्रहार गरेका शुभम रन आउट हुन पुगे। 

३५ बलमा ३ छक्का सहयोगमा बसिर अहमदले ३६ रन थपे। ओपनर लोकेश बमले २८ रन बनाउँदै पेभेलियन फर्के। माटिन गप्टीलले १३ र जर्ज मुन्सेले १० रन थपे। नारायण जोशी २ रन बनाउँदै आउट भए। 

मर्चेन्ट डे लाङ्गे शुन्य रनमा नै रन आउट भए। प्रतिश जि.सी २ र सन्दीप लामिछाने शुन्य रनमा अविजित रहे। 
जनकपुरका लागि संगीत कोरे र रुपेश सिंहले समान २ विकेट लिए। आदित्य महतोले एक विकेट आफ्नो नाममा गरे। 

जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad