विराटनगर किंग्सका प्रारम्भिक ब्याटर फाफ डु प्लेसिस पहिलो खेलमा चल्न सकेनन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार लुम्बिनी लायन्सविरुद्धको खेलमा डु प्लेसिस १२ रन बनाएर आउट भए। उनी अभिशेष गौतमको बलमा निरोसन डिकोवेल्लाको हातबाट स्टम्पड भएका हुन्।
तेस्रो ओभरको अन्तिम बलमा आउट भएका उनले नौ बल खेले। जसमा दुई चौका प्रहार गरे।
एनपीएलमा उनको यो पहिलो खेल हो। विराटनगरका लागि एनपीएल खेल्न उनी दुई दिनअिघ मात्रै नेपाल आइपुगेका थिए।
132
Shares

प्रतिक्रिया